+
+

नवलपरासीको प्रतापपुरमा दम्पतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १३:०४

२३ जेठ, बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार भेडिहार दम्पतीको सोमबार राति उनीहरु बसोबास गर्दै आएको गोठमा हत्या भएको हो ।

उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालले बताए । पथलहनीको बैरिहवामा घर भएका उनीहरु गाइवस्तुको रेखदेख गर्न गोठमा सुत्न गएका थिए । दम्पतीको हत्यामा संलग्नको पहिचान हुन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?