+
+

पहिलो सिजनमै च्याम्पियन बन्यो चर्च ब्वाइज

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १६:५८

२३ जेठ, काठमाडौं । चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ ।

मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले लिगको एक खेल अगावै उपाधि जितेको हो ।

नेपाली घरेलु फुटबल संरचनामा सी डिभिजन छनोटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने दुर्लभ इतिहास बनाउने चर्च ब्वाइज दोस्रो टिम बनेको छ ।

यसअघि मनाङ मर्स्याङ्दी क्लबले डी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर इतिहास बनाएको थियो । २०३९ देखि २०४३ सालसम्म मानङ डी, सी, बी र ए डिभिजन च्याम्पियन बनेको थियो ।

मनाङको कीर्तिमान बराबर गरेको चर्च ब्वाइज २०६६ सालमा स्थापना भएको क्लब हो ।

सी डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको यो टिमले २०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको थियो ।

२०७७ मा सी डिभिजन, २०७८ मा बी डिभिजनको उपाधि जितेको यो टिमले यस सिजन ए डिभिजन लिगको उपाधि जितेको हो । यसपल्ट उसले लगातार दुईपल्टको साविक विजेता मछिन्द्रलाई पछि पारेर उपाधि जितेको हो ।

मंगलबारको खेलमा बराबरीपछि डबल राउण्ड रोविन प्रणालीमा सञ्चालित  लिगमा चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ । २ खेल खेल्न बाँकी मछिन्द्रको ३९ अंक छ ।

मछिन्द्रले बाँकी दुई खेल जितेमा र चर्च ब्वाइजले लिगको अन्तिम खेलमा जावलाखेल युथसँग पराजित भए पनि उपाधिमा असर गर्ने छैन । किनभने चर्च ब्वाइज हेड टू हेडमा मछिन्द्रभन्दा अगाडि छ ।

चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ हारको नतिजा निकालेको छ । १९ फागुनदेखि सुरु भएको लिगमा छैटौं चरणको खेलपछि प्रशिक्षक प्रदीप हुमागाईंले वर्क परमिटको समस्याका कारण राजीनामा दिएका थिए ।

आठौं चरणको खेलदेखि बालगोपाल महर्जनले टिमको प्रशिक्षण सम्हालेका थिए ।

चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारको २९ अंक भएको छ र उ पुछारबाट तेस्रो स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?