
२३ जेठ, काठमाडौं । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको चरम अभावको कारण स्नातक तहको अध्ययन एक हप्ता बन्द गरेको छ ।
बीडीएस तथा इन्टर्नको दोस्रो वर्ष बाहेकको कक्षा मंगलबार (आज) देखि ३० गतेसम्म बन्द गरिएको छ ।
एकेडेमिक्सकी सहायक डीन डा.भीम्मी सिंहले सूचना जारी गर्दै पानीको चरम अभावको कारण एकहप्ता कुनै पनि कक्षा नहुने जानकारी दिएकी छिन् ।
चरम पानी अभावको कारण समस्या भइरहेको विद्यार्थीहरुले लिखित गुनासो दिएकोले पढाइ स्थगित गर्ने उनले सूचनामा उल्लेख गरेकी छिन् ।
प्रतिष्ठानको आफ्नै पानीको स्रोत रहेको छ । ती स्रोतहरुमा भएको मिसिनमा आएको खराबीको कारण समस्या भइरहेको जानकारी पाएको चिकित्सा कल्याण संघले जानकारी दिएको छ । प्रतिष्ठानमा दैनिक तीस लाख लिटर पानी खपत हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4