+
+

आलु-प्याज आयात गर्ने व्यवसायीले अर्थमन्त्रीलाई भने : भ्याटको निर्णय फिर्ता लिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १८:२२

२३ जेठ, काठमाडौं । कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने बजेटको प्रावधान खारेज गर्न व्यवसायीहरुले सरकारलाई आग्रह गरेका छन ।

मंगलबार नेपालमा कृषि उपज तथा आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा गर्दै आर्थिक ऐनमार्फत आलु, प्याज र स्याउ लगायतका वस्तुमा भ्याट लाग्ने व्यवस्था गरेको थियो ।

सो व्यवस्थाका कारण आयात हुने तरकारी महँगो हुने र त्यसको असर उपभोक्ताको भान्सासम्म पुग्ने व्यवसायीहरुको दाबी छ ।

अहिले पनि नेपालमा आयात हुने तरकारीजन्य कृषि उपज आलु र प्याजमा ९ प्रतिशत कृषि सुधार शुल्क र ५ प्रतिशत आयकर लाग्ने संघले जनाएको छ ।

सरकारले १५ प्रतिशत भ्याट थप गर्दा आयात विन्दुमै तरकारी र कृषि उपज ३० प्रतिशत महँगो हुने संघको दाबी छ ।

सरकारको यस्तो कदमले व्यवसायी हतोत्साहित हुने र उपभोक्तालाई पनि महँगीको मार पर्ने भन्दै संघले आलु र प्याजमा मूल्य अभिवृद्धि करको निर्णय फिर्ता लिन अर्थमन्त्रीसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?