+
+

विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते ११:२२

२४ जेठ, काठमाडौं । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत ब्यापारसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नेपाल र भारतका बीचमा सन २०१४ मै विद्युत व्यापार सम्झौता भएको थियो ।

गत जेठ १७ देखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका क्रममा नेपालको विद्युत बंगलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो ।

यस प्रस्तावमा भारत सकारात्मक रहेको र छिट्टै त्रिदेशीय सम्झौता हुने प्रधानमन्त्री प्रचण्डले भारतीय समक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार समम्मेलनमा बताएका थिए ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएको केही दिनमै मन्त्रिपरिषदले विद्युत व्यापार सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?