+
+

प्रधानमन्त्रीको स्पष्टीकरण : २४ वैशाखमै नागरिकता विधेयक प्रमाणीकरण होस् भनेको थिएँ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १२:४८

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले २४ वैशाखमै नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सुझाव दिएको बताएका छन् । आफू भारत भ्रमणमा जाने दिन (जेठ १७ गते) राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु संयोग मात्र भएको उनले बताए ।

राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले संघीय संसदको अधिवेशन आह्वान भएकै दिन प्रमाणीकरण होस् भन्ने आफूले चाहेको बताए ।

राष्ट्रपतिलाई के सल्लाह दिँदा हुन्छ भनेर आफूले संविधानविद्, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग परामर्श गरेको र प्रमाणीकरण गर्दा हुन्छ भन्ने सल्लाह आएको उनले सुनाए । ‘भारत जाने दिन प्रमाणीकरण होस् भनेको होइन । भारत भ्रमणमा जाँदैछु, यो–यो विषयमा कुरा हुँदैछ भन्न गएको थिएँ’, उनले भने, ‘मेरो त २४ गते जतिबेला बजेट सेसन सुरु हुने दिन थियो, त्यही दिन प्रमाणीकरण गर्दा हुन्छ भन्ने थियो ।’

राष्ट्रपतिले अलिकति कानुनी सल्लाह आफूले पनि गर्नुपर्ने बताएको उनले सुनाए । प्रधानमन्त्री प्रचण्डले भने, ‘सल्लाह लिँदै जाँदा संयोग म भारत जाने दिन नै उहाँको सल्लाह टुंगियो । यसमा मेरो केही दोष छैन ।’

उनका अनुसार राष्ट्रपतिलाई ‘केही न केही टेक्ने ठाउँ भए हुन्थ्यो’ भन्ने लागेकाले मन्त्रिपरिषद्को १२ जेठको बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?