+
+

‘फास्ट एण्ड फ्युरियस’को नयाँ फिल्म घोषणा, शीर्ष भूमिकामा ड्वेन जोन्सन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १४:२७

काठमाडौं । हलिउड अभिनेता ड्वेन जोन्सन ‘फास्ट एण्ड फ्युरियस’को नयाँ शृंखलामा ल्युक हब्स चरित्रमा देखिने पक्का भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले फास्ट एण्ड फ्युरियस ब्रह्माण्डमा आधारित नयाँ फिल्म बन्ने र यसको शीर्ष भूमिकामा जोन्सनले अभिनय गर्ने जनाएका छन् ।

हलिउड स्टुडियो युनिभर्सल पिक्चर्सले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । लामो समयदेखि यो फिल्मका सहयोगी क्रिस मोर्गनले फिल्मको स्क्रिप्ट लेखिरेहका छन् । प्लटबारे खुलासा नभए पनि यो फिल्मसँग जानकार व्यक्तिले नयाँ बन्ने फिल्मले भर्खरै रिलिज भएको ‘फास्ट एक्स’ र आगामी फिल्म ‘फास्ट एक्स एलेभन’सँग कथानक सम्बन्ध राख्ने जनाएका छन् ।

यो फिल्म सन् २०२५ मा प्रदर्शन हुने भेराइटी म्यागजिनले उल्लेख गरेको छ । पटकथा लेखक मोर्गनले ‘फास्ट एण्ड फ्युरियसको फिल्म ‘हब्स र स’ र ‘द फेट अफ द फ्युरियस’को पटकथा लेखन र निर्माण पनि गरेका थिए । यो फ्रेन्चाइजीको पाँचौं, छैटौं र सातौं फिल्मको कार्यकारी निर्माताको रुपमा पनि उनी नै थिए ।

गत मे महिनामा विश्वव्यापी रिलिज भएको फिल्मले ३२० मिलियन डलरको ओपनिङ गरेको थियो । सन् २०२३ को यो सबैभन्दा ठूलो ग्लोबल ओपनिङ फिल्म समेत हो । जोन्सनले सोसल मिडियामा पोस्ट गरेको भिडियोको क्याप्सनमा लेखेका छन्, ‘फास्ट एक्समा हब्स चरित्रको पुनरागमन हुने कुरालाई लिएर तपाईंहरुको प्रतिक्रियाले हामी उत्साहित छौं । अब आउने फास्ट एण्ड फ्युरियसको हब्स फिल्ममा मुख्य पात्र वकिलको चरित्रमा देखिनेछ । यो विशुद्ध नयाँ कथा हुनेछ र फास्ट इलाभेनसँग पनि सम्बन्धित हुनेछ ।’

‘गत गर्मीयाममा विन डिजेल र मैले सबै विगतलाई हाम्रो पछाडि राख्यौं,’ जोन्सन भन्छन्, ‘हामीले भातृत्व र संकल्पसहित नेतृत्व गर्नेछौं । हामी सधैं हामीलाई मन पराउनेलाई ख्याल राख्छौं । दर्शक सधैं मनमस्तिष्कमा हुनुहुन्छ र त आज म स्टारको रुपमा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?