+
+

यी आइफोनले मात्र सपोर्ट गर्नेछन् एप्पलको नयाँ अपरेटिंग सिस्टम आइओएस १७

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १८:०८

२४ जेठ, काठमाडौं। आफ्नो वार्षिक डेभलपर्स कन्फ्रेन्समा एप्पलले यसपटक आफ्नो नयाँ अपरेटिंग सिस्टम आइओएस १७ घोषणा गरेको छ ।

यो नयाँ अपरेटिंग सिस्टम विभिन्न अत्याधुनिक फिचरहरुले युक्त रहने बताइएको छ। जसमा आइफोन प्रयोगकर्ताको लोकेसन हेर्ने तथा शेयर गर्ने, आफ्नै फोटोबाट लाइभ स्टिकर बनाउने, एयरड्रपबाट कन्ट्याक्ट शेयर गर्ने, अश्लील तस्वीरहरु लुकाइदिने तथा अटोकरेक्ट लगायतका फिचर हुने बताइएको छ।

यद्यपि एप्पलका केही पूरानो मोडेलका आइफोनहरुले भने यो नयाँ अपरेटिंग सिस्टम सपोर्ट गर्ने छैनन्। एप्पलले आफ्नो वेबसाइट मार्फत् नै कुन कुन मोडेलका आइफोनमा आइओएस १७ सपोर्ट गर्दछ भन्ने जानकारी दिएको छ ।

जस अनुसार आइओएस १७ सपोर्ट गर्ने आइफोनको सूची यस्तो छ :

  • iPhone 14
  • iPhone 14 Plus
  • iPhone 14 Pro
  • iPhone 14 Pro Max
  • iPhone 13
  • iPhone 13 mini
  • iPhone 13 Pro
  • iPhone 13 Pro Max
  • iPhone 12
  • iPhone 12 mini
  • iPhone 12 Pro
  • iPhone 12 Pro Max
  • iPhone 11
  • iPhone 11 Pro
  • iPhone 11 Pro Max
  • iPhone XS
  • iPhone XS Max
  • iPhone XR
  • iPhone SE
    (2nd generation or later)

यदि तपाइँको आइफोन माथि उल्लेखित मोडेलमध्येको एक होइन भने तपाइँले त्यसमा आइओएस १७ अपडेट गर्न सक्नुहुने छैन ।

यदि आफुसँग रहेको आइफोनको मोडेल कुन हो भन्ने थाहा पाउन चाहनुहुन्छ भने, सबैभन्दा पहिले आइफोनको क्भततष्लनक मा गएर न्भलभचब िअप्सन छान्नुहोस् र त्यसपछि ब्दयगत मा ट्याप गरी आइफोनको विवरण हेर्नुहोस्। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?