+
+

करको दर हेरफेरमा लिङ्देनले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १३:४५
फाइल तस्वीर ।

२५ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले करको दर र दायरा अन्धाधुन्ध चलाइएको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित बजेटमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले बजेट एकांकी ढंगले निर्माण भएको र यसले आशा जगाउने काम गर्न नसकेको बताए ।

चालु आर्थिक वर्षमा राजश्व उठेन भनेर अर्थमन्त्रीले करको दर र दायरा बढाउने कोसिस गरेको भन्दै उनले भने, ‘करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम गरिएको छ, यसले एकातिर कर बढ्ने देखिन्छ भने अर्कोतिर नकारात्मक प्रभाव पर्छ ।’ हवाइ टिकटमा कर, पाँचतारे होटलमा विलासिता कर, कृषिजन्य वस्तुमा करले नकारात्मक प्रभाव पर्नसक्ने उनले बताए ।

उनले विद्युतीय सवारीको करको दरमा भएको हेरफेरमा समेत प्रश्न उठाएका छन् । ‘सर्वसाधारणले किन्न सक्ने विद्युतीय गाडीमा करको दर बढाइयो, सार्वजनिक प्रयोजनका लागि ल्याइने विद्युतीय गाडीको करको दर बढाइयो’, पूर्व ऊर्जामन्त्री समेत रहेका लिङ्देनले भनेका छन्, ‘महँगो जसलाई हामी ठूलो बडा चढ्ने गाडी भन्छौं, त्यसको चाहिँ कर घटाइयो ।’

बजेट आउनु अघिल्लो दिन ५००/७०० गाडी भित्रियो, त्यही गाडीको कर बढ्नु पनि शंकास्पद भएको उनले बताए । सरकारले ल्याएको बजेटले विद्युतीय गाडी उपभोगमा प्रोत्साहन गर्ने नीतिलाई मदत नगर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?