+

युरोपा कन्फ्रेन्स लिग विजयलाई वेष्टह्याम र डेभिड मोएसले कहिल्यै भुल्ने छैनन्

२०८० जेठ  २५ गते १५:१३ २०८० जेठ २५ गते १५:१३
युरोपा कन्फ्रेन्स लिग विजयलाई वेष्टह्याम र डेभिड मोएसले कहिल्यै भुल्ने छैनन्

२५ जेठ, काठमाडौं । फुटबलमा त्यस्ता क्षणहरु आउँछन् जसले तपाईको खराव अनुभवबाई बिर्साइदिन्छ । तपाई ती मुर्खहरुलाई बिर्सनुहुन्छ, जसले खेलाडीमाथि बोत्तल प्रहार गर्छन् ।

तपाई ती खेलाडीहरुलाई बिर्सिनुहुन्छ जो आफू घाइते भएको अभिनय गर्छन्, बास्तवमा उनीहरुलाई कुनै पनि वस्तुले छोएकै हुँदैन । फुटबलले बनाउने यो माहोलले तपाईलाई सबै कुरा बिर्साइदिन्छ ।

चेक रिपब्लिकको फेर्टुना एरिनामा इटलीको फियोरेन्टिनालाई २–१ ले पराजित गरेपछि इंग्लिस लिग वेष्ट ह्यामले जोडदार खुसी मनाउँदै गर्दा प्रशिक्षक डेभिड मोएसले दर्शक दिर्घामा आफ्ना पितालाई देखे ।

उनी तत्काल त्यसतिर गए र आफ्ना बुबासँग अंकमाल गरे । उनले युरोपा कन्फ्रेन्स लिग विजेताको मेडल आफ्ना बुबालाई लगाइदिए ।

डेभिड सिनियर ८७ वर्षका भए । उनका छोरा ६० वर्षका हुन् । उनीहरु केहिबेर दिल खोलेर हासे । उनीहरुको अनुहारको खुसी हेर्नलायक थियो । अपजसे पेशामा लागेको २५ वर्षपछि छोराले आफूलाई प्रमाणित गरेका थिए, त्यसले डेभिड सिनियरमा सन्तुृष्टिको भाव थियो ।

‘उहाँ पहिलो ब्यक्ति हुनुहुन्थ्यो जो यो पदक घाँटीमा हुनुपर्छ भन्ने मलाई लागेको थियो,’ मोएसले भने, ‘उहाँ अहिले यसको आनन्द लिइरहनुभएको छ ।’

७ जुन २०२३ को यो मितिलाई वेष्टह्यामका कसैले पनि बिर्सिनेछैनन् । यो क्लबले ४३ वर्षपछि पहिलोपल्ट उपाधि जितेको छ । सन् १९६५ मा बबी मूर, ज्योफ हस्र्ट र मार्टिन पिटर्सको युगपछि वेष्टह्यामले पहिलोपल्ट युरोपेली उपाधि जितेको हो ।

खेलअघि नै कप्तान डेक्लान राइसले फियोरेन्टिनालाई हराए आफूहरु लिजेण्ड बन्ने बताएका थिए । जेरोड बोवेनले अन्तिम मिनेटमा गोल गरेपछि उनीहरुले यो उपाधि पाए । यो क्षण वेष्ट ह्याम समर्थकका लागि खराव समय विर्साउने माध्यम बन्यो ।

उपाधि जितेपछि क्लबले जारी गरेको पहिलो वक्तव्यमा अध्यक्ष डेभिड सुलीभानले अप्टन पार्क छाड्ने त्यो विवादास्पद निर्णयबारे बोलेका छन् । वेष्ट ह्यामको विजय र्‍याली विहीबार त्यहीँबाट सुरु भएर लण्डन रंगशाला पुग्नेछ ।

‘जब हामी नयाँ रंगशालामा गयौं, हामीले यस्तै क्षणको सपना देखिरहेका थियौं,’ उनले भने, ‘हाम्रो लक्ष्य यो जितमा टेकेर नयाँ निर्माण नै हो । र, हाम्रो यू१८ एकेडेमीको टिमको जितले दोहोरो खुसी दिएको छ। हामी हाम्रा पुरुष र महिला टिमका साथ नयाँ सिजन सुरु गर्नेछन्। उनीहरु अधिक सफलताका लागि प्रतिस्पर्धा गर्नेछन्।’

वक्तव्य सुन्दा निकै मीठो लागेको छ। तर, कार्यान्वयनका चुनौति धेरै छन्।

पहिलो कुरा त वेष्ट ह्यामले आफ्नो कप्तान गुमाउँदैछ । राइसले वेष्ट ह्यामका लागि अहिलेसम्म गरेको योगदान विशिष्ठ छ।

उनले क्लबको ऐतिहासिक विजयमा पनि शानदार उत्सव बनाए। कसैले पनि नयाँ सिजनअघि धेरै पैसा पाउने लोभमा क्लब छाडेको आरोप लगाउन सक्दैनन् ।

‘मलाई यो क्लबप्रति माया छ । यही टिमबाट खेल्न मनपर्छ’, राइसले भनेका छन्। तर, वेष्ट ह्यामलाई थाहा छ कि उनको बहिर्गमन नजिकिँदै छ । यद्यपी युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेपछि हजारौं समर्थकहरुले ‘वान मोर इयर… डेक्लान राइस’ (डेक्लान राइस थप एक वर्ष)को अभियान चलाइरहेका छन्।

यो सिजनमा धेरैपल्ट मोएस पनि आफ्नो भविष्यका लागि संघर्षरत थिए। तीन फरक फरक समयमा उनी बर्खास्तीको चरणबाट गुज्रिएका छन्।

स्कटिस प्रशिक्षकले खेलअघिको पत्रकार सम्मेलनमा पनि आफू कतै जाने योजनामा नरहेको प्रष्ट पारेका थिए। अहिलेको अवस्थामा प्रशिक्षकको विकल्प खोज्नु पनि क्लब व्यवस्थापनको मुर्खता हुनेछ। सायद त्यो सम्भावना पनि छैन।

‘मेरो विचारमा पछिल्लो तीन सिजनदेखि वेष्ट ह्यामले लगातार प्रगति गरिरहेको छ। लिगमा छैटौं र सातौं, एउटा युरोपियन सेमिफाइनल र अर्को युरोपियन उपाधि,’ मोएसले थपे, ‘म यो क्लबमा वास्तवमै भाग्यशाली छ । उनीहरु अविश्वसनीय रुपमा सहयोगी छन् । त्यसैले यो परिवर्तन सम्भव भएको हो।’

युरोपा कन्फ्रेन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय