+
+

विवाहेत्तर सम्बन्धको कथामा आधारित फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १६:११

काठमाडौं । विवाहेत्तर सम्बन्ध र त्यसको सामाजिक असरको कथा पेश गर्ने फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज हलमा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो । ‘इरोटिक थ्रिलर’ जनरामा राखिएको फिल्मको ट्रेलरले विवाहेत्तर सम्बन्धले ल्याउने दुष्परिणामको झल्को दिन्छ ।

दुई मिनेट ५० सेकेण्ड लामो ट्रेलरले कथानक घुम्तीलाई दर्शाएको छ । शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । मुम्बईको स्टुडियोमा गरिएको पोस्ट–प्रोडक्सनका कारण यसको ध्वनि र दृश्य बलियो लाग्छ ।

ट्रेलरका अनुसार फिल्ममा शिल्पा र कोसिस दम्पतीको भूमिकामा छन् । जब उनीहरुको सम्बन्धमा तेस्रो व्यक्ति गौरव विष्टको प्रवेश हुन्छ । यो कुरा थाहा पाएपछि कोसिसको पात्रले दुवै जनासँग बदला लिन थाल्छ । यो बदलाको कथा पनि हो । क्राइम थ्रिलर पनि भन्न सकिन्छ ।

ट्रेलर सार्वजनिक समारोहमा शिल्पा फिल्मकै क्यारेक्टर लुक्सको पहिरन रातो गाउनमा उपस्थित थिइन् । उनले यो फिल्म आफ्नो करिअरमा सबैभन्दा चुनौतीपूर्ण रहेको बताइन् । ‘ब्रेकअप’ डेब्यु गर्लले यसअघि कागजपत्र, सानो मन, कठ्पुतली, लाइफ इन एलए र फूलबारीमा अभिनय गरेकी छन् । ‘मेरा लागि यो अघिल्ला भन्दा चुनौतीपूर्ण पात्र हो,’ उनले भनिन् ।

‘चपली हाइट’ तथा ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले लेखेको यो फिल्मलाई ‘लभ लभ लभ’बाट निर्देशनमा डेब्यु गरेका पाण्डेले निर्देशन गरेका हुन् । खनालको चपली हाइट सिरिज पनि क्राइम थ्रिलर जनरामा आधारित छ । शर्मिला पाण्डेले निर्माण गरेको ‘परस्त्री’ असार १५ गते रिलिज हुँदैछ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?