+
+

अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते २१:१५
नेपाली क्रिकेट टिम फाइल तस्वीर ।

२५ जेठ, काठमाडौं । आईसीसी विश्वकप छनोटअघि अन्तिम तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली पुरुष क्रिकेट टिम पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १३६ रनको लक्ष्य स्कटल्याण्डले २९ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्याण्डका लागि ब्रान्डेन म्याकमुलेनले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान रिची बेरिङगटनले अविजित ४३ रन जोडे । ३५ रनमै ३ विकेट गुमाएको अवस्थामा यो जोडीले शतकिय साझेदारी गर्दै स्कटल्याण्डलाई जिताए ।

नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमै १३५ रनमा अलआउट भयो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्याण्डका जोल जर्भिस र ब्रान्डन म्याकमुलेनले ३-३ तथा सफ्यान सारिफले २ विकेट लिए ।

नेपाली टोलीले दोस्रो अभ्यास खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?