+
+

खुमलटारका अफिसियलद्वारा रेफ्रीमाथि मैदानमै हातपात

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १७:१३

२६ जेठ, वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा खेल सञ्चालन गरिरहेका रेफ्रीमाथि खुमलटार फुटबल क्लबका पदाधिकारीले मैदानमै हातपात गरेका छन् ।

एन्फा कम्लेक्स सातदोबाटोमा चर्च ब्वाइज युनाइटेडसँगको खेलको पहिलो हाफको इन्जुरी समयमा खुमलटारका पदाधिकारीले रेफ्रीमाथि हातपात गरेका हुन् ।

डी बक्सभित्र चर्च ब्वाइजका कप्तान अनन्त तामाङले ह्याण्ड गरेको भन्दै खुमलटारका खेलाडी र अफिसियलले पेनाल्टीको माग गरेका थिए ।

तर रेफ्रीले ह्याण्ड नदिएपछि प्लेयर बक्समा रहेका म्यानेजर अन्जन राना क्षेत्रीले खेल सञ्चालन गरिरहेका रेफ्री प्रज्वल क्षेत्रीलाई हातपात गरेका हुन् ।

म्यानेजर सहित पछि अन्य अफिसियल पनि मैदान प्रवेश गरेर रेफ्रीहरुमाथि हातपातमा उत्रिएका थिए ।

हातपातमा उत्रिएका खुमलटारका म्यानेजरसहति तीन अफिसियलले रातो कार्ड पाएका छन् ।

ए डिभिजनमा टिकिरहन खुमलटारलाई यो खेल जित्नै पर्ने दबाव छ भने चर्च ब्वाइजले लिगको उपाधि जितिसकेको छ ।

रेफ्रीमाथि हातपात हुँदा खेलमा चर्च ब्वाइज १-० ले अघि थियो । चर्च ब्वाइजलाई अग्रता दिलाउनका लागि १३औं मिनेटमा सुशील शाहले गोल गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?