+
+

नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १७:११

काठमाडौं । नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टमा छुट पाउने भएका छन् ।नबिलले आफ्ना ग्राहकलाई छुट दिने उद्देश्यले ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको बताएको छ ।

सम्झौता अनुसार नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।

ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्ने भएका हुन् । नबिलले देशभर २५५ शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?