+
+

सामाजिक सञ्जाल छाड्दै काजोलले भनिन्- जीवनकै कठिन परीक्षाको सामना गर्दैछु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १७:२३

काठमाडौं । बलिउड अभिनेत्री काजोलले फ्यानलाई आश्चर्यमा पार्दै शुक्रबारदेखि सामाजिक सञ्जालबाट विश्राम लिएको घोषणा गरेकी छन् । ‘मेरो जीवनको सबैभन्दा कठिन परीक्षाको सामना गर्दैछु’ लेखेर फेसबुक र इन्स्टाग्राममा पोस्ट गर्दै उनले विश्राम लिएको उल्लेख गरेकी छन् ।

यद्यपि, उनले खास कारण उल्लेख गरेकी छैनन् तर आगामी वेब शो ‘द ट्रायल : प्यार, कानुन, ढोक’को प्रवद्र्धनका लागि उनले प्रमोसनल स्टन्ट गरेको हुन सक्ने अनुमान नेटिजन्सले गरेका छन् । निर्देशक पी मल्होत्राको टिप्पणी हेर्दा यो अनुमान गर्न सकिन्छ । मल्होत्राले पोस्टमा गुड वाइफको ट्रेलर कहिले रिलिज हुन्छ भन्दै कमेन्ट गरेका छन् ।

केही फ्यानले काजोलको यो पोस्टलाई लिएर चासो व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘माफ गर्नुहोस् काजोल म्याडम । तपाईं अहिले यस्तो अवस्थाबाट गुज्रिरहनुभएको छ कि समस्याहरू कहिल्यै टिक्दैनन् र आफ्नो बलियो ऊर्जावान् आत्मामा फर्कनुहोस् । तपाईंलाई सबैको माया पठाउँदै छु ।’ काजोल सामाजिक सञ्जालकी सक्रिय प्रयोगकर्ता हुन् । उनले पारिवारिक तस्वीर र भिडियो सेयर गरिरहेकी हुन्छिन् । इन्स्टाग्राममा उनका १४.४ मिलियन फलोअर्स छन् ।

काजोलसँग अहिले धेरै ठूला प्रोजेक्ट छन् र उनी लस्ट स्टोरिज २ मा देखिनेछिन् । शोको टिजर हालै रिलिज भएको छ । उक्त नेटफ्लिक्स शोलाई अमित रविन्द्रनाथ शर्मा, कोंकणा सेन शर्मा र आर बाल्कीले निर्देशन गरेका हुन् र यसमा नीना गुप्ता, विजय वर्मा र तमन्ना भाटिया लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?