
२६ जेठ, इलाम । नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुषतर्फ फाइनल खेल्ने टिम पक्का भएको हो ।
प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् । महिलातर्फ हेटौँडा रगर्स र हिमालयन टाइगर भिड्नेछन् ।
नेपाल रग्वी संघ कोशी प्रदेश समिति, नेपाल रग्वी संघ इलाम र नेपाल रग्वी संघ माई नगरको समन्वयमा आयोजित प्रतियोगितामा महिला र पुरुष तर्फ ५÷५ टिमको सहभागिता छ । प्रतियोगिताको बिजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4