+
+

धनगढीबाट १६ क्वीन्टल अवैध माछा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते १८:५६

२७ जेठ, धनगढी । धनगढीबाट प्रहरीले करिब १६ क्वीन्टल अवैध माछा बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–७ मनहेराबाट सुपप्र ०१००१ च ३४१९ नम्बरको जिपमा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीले माछा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बेलौरी नगरपालिका–७ बस्ने २१ वर्षीय रामकुमार रानाले चलाएको जिपबाट अवैध माछा बरामद गरिएको जानकारी दिए ।

उनकाअनुसार चालकले ती माछा धनगढीबाटै खरिद गरेर ल्याएको दाबी गरेपनि पुष्टि हुने बिल भौचर नदेखिएपछि भारतबाट अवैध रुपमा ल्याएको आशंकामा बरामद गरिएको थियो ।

बरामद गरिएका माछा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ भने जिप र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?