
२७ जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले यो वर्षका लागि चाहिने रासायनिक मल खरिद गरिसकेको भन्दै अभाव नहुने बताएका छन् ।
शनिबार भक्तपुरमा नेकपा एकीकृत समाजवादको जिल्ला अधिवेशनमा बोल्दै उनले यो वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही मल आइसकेको पनि दाबी गरे ।
‘यो वर्ष चाहिने जति मल खरिद गरिसकिएको छ । केही आइसकेको छ, केही आउने क्रममा छ । धेरै ठूलो संकट पर्दैन । हाम्रो धेरै जमिन बाँझो छ, त्यो बाँझो जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम गरेका छौं’ उनले भने ।
मन्त्री भुसालले बाँझो जमिन उपयोग गर्न बाँझो जमिन उपयोग गर्ने नीति बनाएर बजेट छुट्याउने काम भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4