+
+
Shares

मिस मगर इन्टरनेसनलको उपाधि प्रतिमा आलेलाई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते ११:३९

काठमाडौं । मिस मगर इन्टरनेसनल पहिलो सिजनको उपाधि प्रतिमा आलेमगरले जितेकी छन् । शनिबार बेलुका नेपाल प्रज्ञा भवन कमलादीमा आयोजित फिनालेमा १२ प्रतिस्पर्धीलाई उछिन्दै उनी विजेता घोषित भएकी हुन् । उपाधिसँगै उनले चार लाख नगद, सिटिजन लाइफ इन्सुरेन्सको तर्फबाट पाँच लाख रुपैया“ बराबरको जीवन बीमा प्राप्त गरिन् ।

स्मृति ठाडामगर फस्ट रनरअप र क्लिया थापामगर सेकेण्ड रनरअपको विजेता घोषित भए । उनीहरुले क्रमशः दुई लाख र एक लाख रुपैया“सहित पाँच लाख रुपैया“ बराबरको जीवन बीमा प्राप्त गरे । फिनालेमा निर्णायक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईंले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा सान्दर्भिक उत्तर दिएसँगै प्रतिमाले टाइटल हात पार्न सफल भइन् ।

निर्णायकमा माल्भिकासहित अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रीना थापामगर, हिमाल राना, सञ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिज मगर थिए ।

उपसभामुख इन्दिरा रानामगर प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल महिला मगर संघकी अध्यक्ष हिरु रानामगर लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?