+
+

सुदूरपश्चिम प्रदेशसभामा एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १४:०६

२८ जेठ, धनगढी। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो।

पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन्।

सचेतकमा चयन भएकी साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?