+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भक्तपुर क्याम्पसमा तालाबन्दी अझै खुलेन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १९:१४

२८ जेठ, काठमाडौं। भक्तपुर बहुमुखी क्याम्पसमा २२ जेठमा नेपाल विद्यार्थी संघले लगाएको ताला अझै खुलेको छैन। नेविसंघले क्याम्पस प्रमुखमा कविता लुइँटेलको नियुक्ति नियमसम्मत नहेको भन्दै विरोधमा क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा र प्रशासनमा ताला लगाएको थियो।

क्याम्पस प्रमुख कविता लुईंटेल भट्टराईले आन्दोलनरत विद्यार्थी संगठनलाई गत विहिवार वार्तामा आउन आग्रह गरेपनि नआएको बताइन्। विद्यार्थी संगठन वार्तामा नगएपछि क्याम्पसले प्राध्यापक संघलाई वार्ताको लागि समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरेको छ।

क्याम्पसका प्राध्यापक संघ अध्यक्ष रामबहादुर थापाले आन्दोलनरत विद्यार्थी संगठनसँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिए। उनले भने, ‘पत्र आज प्राप्त भएको छ। त्यसै अनुसार आन्दोलनरत विद्यार्थीहरुसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ। उनीहरुको माग बुझेर वार्ताको लागि समन्वय गर्ने प्रयास गर्नेछु।’

नेविसंघले भने वार्तामा नबस्ने अडान लिएको छ। नेविसंघले निमित्त क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई नै क्याम्पसप्रमुख बनाउनुपर्ने भन्दै क्याम्पस प्रमुखको कुर्सी, नेम प्लेट रुखमा बाँध्नुका साथै प्राध्यापकहरुले हाजिर गर्ने दुई वटा ‘थम्प एटेन्डेन्स’ गायब बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?