+

फ्रेञ्च ओपन जितेपछि जोकोभिच भन्छन् : मैंले आफैंलाई महान भन्न मिल्दैन

२०८० जेठ  २९ गते १३:३७ २०८० जेठ २९ गते १३:३७
फ्रेञ्च ओपन जितेपछि जोकोभिच भन्छन् : मैंले आफैंलाई महान भन्न मिल्दैन

२९ जेठ,  काठमाडौं । टेनिस इतिहासमा पुरुषतर्फ कीर्तिमानी २३ औं ग्राण्डस्लाम उपाधि जितेका नोभाक जोकोभिचले आफूले आफैंलाई महान भन्न नमिल्ने बताएका छन् ।

आइतबार तेस्रो पटक फ्रेन्च ओपन जित्दै सर्बियन जोकोभिचले सर्वाधिक ट्रफी जित्नेमा राफायल नाडललाई पछि पारेका छन् ।

३६ वर्षका जोकोभिचले जितेको २३ औं ग्राण्डस्लाम उपाधि महिलातर्फकी कीर्तिमानी खेलाडी सेरेना विलियम्सको बराबरी हो । टेनिस इतिहासमै सर्वाधिक ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबर गर्न उनलाई अब एउटा मात्र उपाधिको खाँचो छ ।

आउँदो महिना हुने विम्बल्डन जितेमा उनले अस्ट्रेलियन मार्गरेट कोर्टको २४ वटा ग्राण्डस्लाम उपाधिको बराबरी गर्ने छन् ।

जोकोभिचले आफूले एउटा इतिहास कोरिरहेको भन्दै महान् खेलाडी हो होइन भन्ने विवादमा आफू नफस्ने बताए । ‘मैंले आफूलाई महान् खेलाडी हुँ भन्न चाहन्न,’ ३६ वर्षका जोकोभिचले भने, ‘यो छलफल गर्ने जिम्मा म अरुलाई नै दिन्छु ।

विगतका केही वर्षहरुमा जोकोभिचको नाडलसँगै रोजर फेडेररसँग ठूलो प्रतिस्पर्धा थियो । फेडेररले २० उपाधि जित्दै गत वर्ष टेनिसबाट सन्यास लिए । चोटसँग संघर्ष गरिरहेका नाडलले २०२४ मा सन्यास लिने बताएका छन् ।

रोला ग्यारोमा नर्वेका क्यास्पर रुडलाई पराजित गरेपछि जोकोभिचले लामो समयदेखिको प्रतिद्वन्दी नाडललाई स्पष्ट रुपमा पछि पारिसकेका छन् ।

‘म ग्राण्ड्सलाममा उनीहरु दुवैभन्दा अगाडि छु भन्ने थाहा पाउँदा अचम्म लाग्छ, तर त्यही समयमा सबै आफ्नो इतिहास लेखिरहेका छन्’, पेरिसमा विश्व नम्बर एक वरीयतामा प्राप्त गरेपछि जोकोभिचले भने ।

‘मलाई लाग्छ कि आफ्नो पुस्ताका हरेक महान च्याम्पियनले ठूलो छाप र विरासत छाडेका छन् ।’

‘मसँग ठूलो विश्वास छ, म को हुँ र के गर्न सक्छु भन्ने मलाई थाहा छ’, उनले भने ।

जोकोभिचले अझै कति ग्राण्डस्लाम जित्न सक्छन् ?

जोकोभिचले विम्बल्डनमा मार्गरेट कोर्टको कीर्तिमानी बराबरी गर्ने प्रयास गर्नेछन् । जहाँ जोकोभिचले यसअघि नै ७ पटक उपाधि जितिसकेका छन् ।

विम्बल्डन सर्वाधिक ८ पटक जित्ने फेडेररको कीर्तिमान बराबरी गर्ने अवसर पनि जोकोभिचलाई छ ।

‘ग्राण्डस्लाम सबैभन्दा ठूलो प्राथमिकता हो । यो सिजन मात्र होइन हरेक सिजनमा । विशेषगरी मेरो करिअरको यो स्टेजमा’, जोकोभिचले भने, ‘यो यात्रा अझै सकिएको छैन ।’

ग्राण्डस्लाम जितिरहेको अवस्थामा आफ्नो करिअर अन्त्य गर्ने बारेमा नसोच्ने उनले बताए । ‘म अझै उत्प्रेरित छु र राम्रो टेनिस खेल्न प्रेरणा पाएको  महसुस गरिरहेको छु ।’

जोकोभिचले चार मुख्य ग्राण्डस्लामका लागि भनेर अन्य टुर प्रतियोगिताहरु कम गरेका थिए । यो रणनीतिले स्पष्ट रुपमा काम गरिरहेको छ । जोकोभिचले खेलेका पछिल्ला ८ मुख्य प्रतिस्पर्धामा ६ उपाधि जितेका छन् ।

‘उनको टाउमा त्यो सफ्टवेयर छ जसले ग्राण्ड्सलाम आउनेबित्तिकै स्वीच गर्न सक्छ’, जोकोभिचको लामो समयदेखिका प्रशिक्षक गोरान इभानिसेभिचले भने ।

‘हामी यहाँ आइपुगेको दिन उ धेरै उत्पेरित थियो,’ पेरिसमा इभानिसेभिचले भने ।

२३ वटा ग्राण्डस्लाम जितिसकेका जोकोभिचले अब २४ र त्यो भन्दा धेरै जित्नका लागि उत्प्रेरणाको खोजी गरिरहेको इभानिसेभिच बताउँछन् ।

जित्नका लागि उनीसँग शारीरिक क्षमता छ ?

जोकोभिचले रोला ग्यारोमा आउनुअघि धेरै तयारी गर्न पाएनन् । युरोपियन क्ले कोर्टमा कुहिनोमा चोट लागेपछि उनको तयारी प्रभावित बन्यो ।

तेस्रो चरणमा स्पेनको अखलेजान्द्र फोकिनालाई हराउँदा जोकोभिचलाई ट्रिटमेन्ट चाहिएको थियो ।

त्यसबेला जोकोभिचले चोटको लिस्ट नै रहेको र नाम लिँदा लामो हुने बताए । त्यसलाई स्वीकार गर्नु नै एक मात्र उपाय रहेको उनले बताए ।

‘मलाई उमेरको बारेमा सोच्न मन लाग्दैन । तर मलाई लाग्छ उमेर नम्बर मात्र हो,’ जोकोभिचले भने, ‘मेरो शरीरले फरक तरिकाले प्रतिक्रिया गरिरहेको छ ।’

५-१० वर्षअघि छिट्टै चोटमुक्त हुने गरे पनि अहिले समय लाग्ने र दुखाइ पनि धेरै हुने महसुस गरेको उनी बताउँछन् ।

तर इभानिसेभिचले जोकिभचको बारेमा आफू कहिल्यै चिन्तित नभएको भन्दै उनी अरु उपाधि जित्नका लागि सक्षम रहेको बताए । भने, ‘उनले आफ्नो शरीरलाई राम्रो अवस्थामा राखेका छन् । केही सामान्य चोटहरु छन् तर मुख्य होइन ।’

२००१ मा विम्बलडन जितेका क्रोएसियन इभानिसेभिचले भने, ‘उनी अविश्वसनीय छन् र अझै पनि कोर्टमा बिरालो जस्तै हिँडिरहेका छन् । कोर्टमा ऊ निन्जा जस्तै छ, ऊ जताततै छ ।’

बीबीसीका टेनिस संवाददाता रसेल फुलरले जोकोभिचको शक्ति घटेको कुनै संकेत नभएको विश्लेषण गरेका छन् ।

‘३६ वर्षमा फ्रेन्च ओपन जित्ने उनी इतिहासकै पाका खेलाडी हुन् । तर उनी त्यस्ता लाग्दैनन्’, फुलरले भनेका छन्, ‘उनले आफूले खेलेका पछिल्ला तीनवटै ग्राण्ड्स्लाम जितेका छन् ।’

नोभाक जोकोभिच

धेरै कमेन्ट गरिएका

लेखक
बीबीसीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय