+
+
Shares

पौडी खेल्ने क्रममा डुबेर शिक्षकको मृत्यु

रासस रासस
२०८० जेठ २९ गते १९:३१

२९ जेठ, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

देवचुली नगरपालिका-१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका–१० स्थित जनता माध्यामिक विद्यालयका शिक्षक हुन्। अत्यधिक गर्मी भएपछि सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएका थिए।

साथै गत शनिबार जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादीस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एकजनाको शव फेला परेको छ।

नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका–१० जनजागृति टोलका सुरज सुवेदी (शर्मा)को शव फेला परेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी पाठकले बताए।

नदीमा डुबेर बेपत्ता भएका गैँडाकोट नगरपालिका–२ शिलान्यास चोकका २५ वर्षीय रमेश चालिसेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?