+
+

राष्ट्रपति पौडेलको मुटुमा समस्या, अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १४:४१

३० जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरी उनको थप उपचार भइरहेको छ ।

तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले यस विषयमा केही बोल्न चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?