+
+

‘गणपति’ भदौ १४ मा आउने, नयाँ निर्माता र वितरकको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १७:१३

काठमाडौं । आगामी भदौ १४ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘गणपति’ले पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले अन्य केही महत्वपूर्ण कुरा खुलासा गरेको छ । सुनिलकुमार थापाको वितरण कम्पनी त्रिनेत्रम डिष्ट्रिब्युसनले वितरण छाडेपछि सुनिल मानन्धर वितरकको रुपमा प्रवेश गरेका छन् ।

निर्माताको रुपमा रामप्रसाद रिजाल पनि जोडिएका छन् । सविन अधिकारी निर्देशित यो फिल्मलाई ड्रामा जनरामा राखिएको छ । पोस्टर यसअघि नै सार्वजनिक भए पनि प्रदर्शन मिति र टिमको नाम चाहिं नयाँ छ । निर्देशक अधिकारीले फिल्मबारे भने, ‘कोही व्यक्ति कुनैबेला त्यही समाजको भगवान बन्छ भने सोही व्यक्तिलाई हाम्रै समाजले नारकीय व्यवहार गर्छ । त्यसकै वरपर फिल्मको कथा घुमेको छ ।’

फिल्मलाइ निर्देशक अधिकारीले नै लेखेका हुन् । मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतको फिल्ममा अभिनय छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताए । ‘गणपति’मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने अभिनेता भुसालले बताए । फिल्मको शीर्ष भूमिकामा उनी छन् ।

फिल्मको छायांकन तनहुँको बन्दीपुर गाउँपालिकाको थारुवासमा भएको हो । फिल्मलाई हरिबहादुर घलेको खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?