+
+

हास्य टिभी शृंखला ‘ख्यालठट्टा’ बुधबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते २०:४९

काठमाडौं । हास्य कथावस्तुमा आधारित टेलिभिजन शृंखला ‘ख्यालठट्टा’को प्रसारण बुधबारदेखि सुरु हुने भएको छ । प्रत्येक साताको बुधबार राति ८ः४५ बजे एनएनटीभीमा यो कार्यक्रम प्रसारण हुने जनाइएको छ । त्यसपछि ९ः१० बजे एनस्क्वायर युट्युब च्यानलमा स्ट्रिमिङ हुने जनाइएको छ ।

नेत्र राउत निर्देशित तथा लिखित सिरियलमा राजाराम पौडेल, विनोद राई, नविना सिलवाल (खुइली), पवन खतिवडा (माकुरी), सन्देश लामिछाने, नेत्र राउत, सलोनी कार्की, नबुजंग थापा, वीरेन्द्र मुखिया, रमेश सापकोटालगायत कलाकारको अभिनय रहनेछ ।

विशुद्ध मनोरञ्जनात्मक कथावस्तुमा सिरियल निर्माण हुने जानकारी निर्देशक राउतले दिए ।

कार्यक्रममा हास्य खुराक पस्कने उनले बताए । ‘समसामयिक विषयवस्तुलाई व्यंग्यात्मक तरिकाले प्रस्तुत गर्नेछौं’ उनले भने, ‘हामीले पहिलो एपिसोडमा कृषि सम्बन्धी विषयवस्तु समेटेका छौं। यसैगरी हामी देशमा भएका समस्यालाई प्रस्तुत गर्नेछौ’ उनले भने। सिरियलको छायांकन काभ्रे ढुङखर्क लप्सीबोटमा भइरहेको छ। प्रवेश पोखरेलले छायांकन गरेको कार्यक्रमलाई राजेन्द्र मानन्धरले सम्पादन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?