+
+

चीनमा उपचार गराइरहेका वर्षमान पुन १ असारमा स्वदेश फर्कने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १२:०५

३१ जेठ,  काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल आउने भएका छन् ।

लामो समयदेखि चीनमा उपचार गराइ रहेका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् ।

उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् ।

यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?