+
+

कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १३:३९

३१ जेठ, काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावर कम्पनीले प्राथमिक (आईपीओ) निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

सानिमा हाइड्रोपावर लिमिटेडले २६ जेठमा १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति माग गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि उक्त सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।

यस्तै कान्तिपुर टेलिभिजन नटवर्क लिमिटेडले २८ जेठमा आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको हो ।

धितोपत्र बोर्डले स्वीकृति दिएपछि दुवै कम्पनीले साधारण सेयर निष्कासन खुला गर्नेछन् ।

आईपीओ निष्कासनका लागि दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?