+
+

बानेश्वरबाट शान्ति समाजका संस्थापक कृष्ण पहाडीसहित १६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १५:२५

३२ जेठ, काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाहीको माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शन गर्ने क्रममा प्रहरीले संसद भवन अगाडि बानेश्वरबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागरिक अगुवा डा. केदारनरसिह के.सी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, दिवाकर पुडासैनी, गीता तिमल्सिना, भगवान पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइकेल रहेका छन् ।

उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।

उनीहरुले सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्,  चुरे ध्वस्त पार्न पाइँदैन : मधेशमारा नीति चाहिंदैन, शीर्ष नेताहरुको सम्पत्ति छानबिन खोइ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन?, सार्वभौम संसद राष्ट्रिय पञ्चायत जस्तो नबनोस्, शीर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्, भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा, भ्रष्टाचार विरोधी अभिलेख संसदको रेकर्डबाट किन हटाइयो?, पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?