+
+

नेपाल-भारत विश्व मैत्री संघको नेतृत्व चयन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १६:५२

३२ जेठ, काठमाडौं। नेपाल-भारत विश्व मैत्री संघ काठमाडौं नयाँ नेतृत्व चयन भएको छ।

बुधबार साँझ अबेर सम्पन्न प्रथम महाधिवेशनबाट ज्योति रत्न बजाचार्यको अध्यक्षतामा ३७ सदस्यीय नयाँ नेतृत्व चयन भएको संघले जनाएको छ।

संघमा जनक राज पराजुलि दिप सह-अध्यक्ष, युबराज श्रेष्ठ वरिष्ठ उपाध्यक्षज्यु, सुर्दशन अधिकारी प्रथम उपाध्यक्ष, राधादेबि पराजुली भण्डारी महिला उपाध्यक्ष, ज्योति राज राई जनजाती उपाध्यक्षमा चयन भएका छन्।

त्यस्तै उपाध्यक्षहरुमा कणरमश: सिताराम पोखरेल, बिश्व क्रान्ति सिंह, पुष्कर जंगम, महासचिबमा किरण राज रेग्मी, सह-महासचिवमा श्याम कुमार थापा, सह-सचिबमा राजेन्द्र प्रसाद शर्मा ढकाल र कोषाध्यक्षमा प्रबिन मैनालि चयन भएका छन्।

त्यसअघि नेपाली कांग्रेसकि सह-महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नयाँ बानेश्वरको एभरेष्ट लञ्ज बारको सभाहलमा आयोजित महाधिवेशनको उद्घाटन गरेकी थिइन्। उद्घाटन समारोहमा बागमती प्रदेश काठमाडौ क्षेत्र न १ का प्रदेश सदस्य सुरजचन्द लामिछाने, कृषि बिज्ञ प्रो. डा. मोहन प्रसाद पन्थी लगायतको आतिथ्यता रहेको थियो।

नेपाल र भारतसहित विश्वका देशहरु बीच भाईचारा, मैत्रिभाव कायम गराउन पहल गर्ने उद्देश्यसहित संघको स्थापना गरि पर्थम महाधिवेशन सम्पन्न गरिएको र आगामी दिनमा क्रमशः प्रदेश तथा जिल्ला कमिटीहरु पनि गठन गरिने नव निर्वाचित महासचिब रेग्मीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?