+
+

प्रदेश बजेट : लुम्बिनीको माटो र पानी प्रयोग गरी कोसेली उत्पादन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १८:५३
फाइल तस्वीर

१ असार, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको माटो र पानी प्रयोग गरी कोसेली उत्पादन गर्ने कार्यक्रम ल्याएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो घोषणा गरेको हो । प्रदेश सरकारको योजना अनुसार सो कोसेली उत्पादन र बजारीकरणमार्फत बृहत् स्वरोजगार सिर्जना गर्न १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको बजेट भाषणमा उल्लेख छ ।

लुम्बिनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा प्रदेशको पहिचान झल्कने गरी कोसेली घर सञ्चालन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?