+
+

लुम्बिनी प्रदेशका कर्मचारीले पाउने भए पर्यटन बिदा

भ्रमण दशक घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १९:२३
फाइल तस्वीर

१ असार, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई दिँदै आएको आन्तरिक पर्यटन काजलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको छ ।

प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो व्यवस्था गरेको हो । प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पताल स्थापना गर्न अध्ययन गर्ने समेत बजेटको घोषणा छ ।

आगामी दशकलाई लुम्बिनी भ्रमण दशकको रुपमा मनाउन संघीय सरकारसँग सहकार्य गर्ने घोषणा प्रदेश सरकारको छ । प्रदेश भित्र बुल राइडिङ, बुल ड्राइभ, बफेलो ड्राइभ, बयलगाँडा यात्रा, पहाडी घोडा यात्रा जात्रा गर्ने समेत प्रदेश सरकारको भनाइ छ । प्रदेश भित्र सस्पेन्सन ब्रिज पार्कको निर्माणको सुरुवात गर्ने समेत प्रदेश सरकारको घोषणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?