+
+

खाँणको प्रतिक्रिया : यो घटनामा म सामेल थिइनँ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १९:२५

१ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको दाबी गरेका छन् ।

जिल्ला अदालत, काठमाडौंले शुक्रबार खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अदालतको आदेश बुझेपछि सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका खाँणले यो घटनामा आफू संलग्न नभएको बताए । उनले अघि भने, ‘यो घटनामा म सामेल थिइनँ । म निर्दोष छु ।’

अदालतको आदेश पूरा पढ्न नपाएको बताएका उनले आदेश पालना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?