+
+

‘एैंचो पैंचो’ पनि भदौ १४ मा, मुकुन भुषालका दुई फिल्म एकै डेटमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २ गते १०:१२

काठमाडौं । स्वस्तिमा खड्का र वर्षा राउतको शीर्ष भूमिका रहेको फिल्म एैंचो पैँचोको प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म भदौ १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । जनैपूर्णिमाको छेकोमा आउन लागेको यो फिल्मको प्रदर्शनलाई लिएर निर्देशक तथा निर्मात्री कृषा चौलागाईं र वितरक आरआर फिल्म्सबीच सम्झौता भएको छ ।

सोही मितिमा मुकुन भुषाल स्टारर अर्को फिल्म ‘गणपति’ले पनि रिलिज डेट तय गरेको छ । भुषाल अभिनित दुबै फिल्म एउटै मितिमा प्रदर्शन हुने भएपनि उनलाई प्रवद्र्धन अभियानका लागि चुनौतिपूर्ण हुनसक्छ ।

आरआरआर फिल्म्सले वितरण गरेको अघिल्लो फिल्म दयाहाङ राईको ‘बिहेपास’ पनि ‘जारी’सँग जुधेको थियो । ‘एैंचो पैंचो’को कुरा गर्दा फिल्ममा मुकुन, स्वस्तिमा र वर्षासहित विशाल पहारी, कोसिस क्षेत्री, सुशिल सिटौला, शारदा गिरीको पनि अभिनय छ । यही फिल्मबाट कृषाले निर्देशनमा डेब्यू गरेकी हुन् ।

यसअघि उनले ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ गरी चार फिल्म निर्माण गरेकी छन् । पुरुषोत्तम प्रधानको छायांकन गरेको यो फिल्मको पटकथा अभिमन्यु निरवीले लेखेका हुन् । आरजे प्रणव सुवेदी यसका निर्माण अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?