+
+
विश्वकप छनोट क्रिकेट :

ओडीआई क्रिकेटको ओपनिङमा नेपालको कीर्तिमानी साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १४:२७
फाइल तस्वीर

३ असार,  काठमाडौं । नेपालले ओडीआई क्रिकेटमा पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ ।

जिम्बाव्वे विरुद्ध विश्वकप छनोटको पहिलो खेलमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले ११५ रनको साझेदारी गर्दै ओपनिङमा नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारी गरेका हुन् ।

उनीहरुले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यही जोडीले यसअघि २०२२ जुनमा लिग टु मा ओमान विरुद्ध अमेरिकामा ११४ रनको साझेदारी गरेका थिए ।

उनीहरोक कीर्तिमानी साझेदारीसँगै २६ ओभरको खेल सकिँदा नेपालले विना क्षती १२५ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?