३ असार, जनकपुरधाम। जनप्रतिनिधिबीचको विवादले चन्द्रनगर गाउँपालिकामा बालिका सम्मेलन स्थगित भएको छ। बालविवाह, दाइजो प्रथा अन्त्य र छोरीलाई शिक्षा आर्जनमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले शनिबार बालिका सम्मेलन आयोजना गरेको थियो। तर, जनप्रतिनिधिबीचको विवादले अन्तिम समयमा सम्मेलन स्थगित भएको थियो।
उपाध्यक्ष गीतादेवी महतोसहित अधिकांश जनप्रतिनिधिले अध्यक्ष राजकुमार महतोले सल्लाह नगरी सम्मेलन गर्न लागेको भन्दै गाउँपालिका कार्यालयबाहिर धर्ना दिएपछि अध्यक्षले शुक्रबार स्थगित गरेका थिए।
तर बालिका सम्मेलन गर्नुपर्ने भन्दै अधिकारकर्मी र स्थानीय वासिन्दाले प्रदर्शन गरेका छन्। बालिका सम्मेलन चाँडै गर, सम्मेलन रोक्न पाइदैन, बाल बिबाह अन्त्य गर, महिला अधिकार हनन गर्न पाइदैन, बालिकाविरोधी जनप्रतिनिधि र नेता चाहिदैन, लगायतको नारा लगाएका थिए।
प्रदर्शनपछि कोणसभामा बोल्दै कल्याणी कुमारी चौधरीले बालिका सम्मेलन नभए गाउँपालिका कार्यालयसहित ७ वटै वडामा तालाबन्दी गर्ने चेतावनी दिइन्।
महिला अधिकारकर्मी सुधा पौडेल उपाध्यक्षले बालिका सम्मेलन रोक्नु दुखद भएको बताइन्। कोणसभामा पालिका अध्यक्ष महतोले उपाध्यक्षसहित जनप्रतिनिधिले बहुमतको आडमा बालिका सम्मेलन स्थगित गरेको बताए। उनले असार १५ गते भित्रमा बालिका सम्मेलन गराउने प्रयत्न गर्ने बताए।
उपाध्यक्ष गीतादेवी महतो, वडा नं. ७ का वडाअध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ५ का वडाअध्यक्ष, वडा नं. ४ का वडाअध्यक्ष राजिव सिंह, वडा नं. ३ का वडाअध्यक्ष सीताराम महतोले बालिका सम्मेलनको विरोधमा धर्ना दिएका थिए।
उपाध्यक्ष महतोले पालिका अध्यक्षले आफूहरुसँग सल्लाह नगरी बालिका सम्मेलन गर्न खोजेकाले रोक्न धर्ना बसेको र अब कुनै हालतमा हुन नदिने बताइन्।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4