+
+

कृतिका रेग्मीले जितिन् ‘मिस एसईई नेसनल २०२३’ को ताज

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १६:२४

काठमाडौं । ‘मिस एसईई नेसनल-२०२३’ को ताज कृतिका रेग्मीले जित्न सफल भएकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उनले भ्युअर्स च्वाइस विधा समेत हात पार्न सकिन् ।

त्रिदेवी श्रेष्ठ फस्ट र अदिती ढकाल सेकेन्ड रनरअप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धाअन्तर्गत थर्ड रनरअपतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृष्टिका ढुंगाना भए । सुजिनाले म्यानेजमेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।

युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा सञ्चालन भएको प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रुपमा विजेता घोषित भए ।

३२ जना छात्राले भाग लिएको प्रतिस्पर्धामा शिक्षाविद् छविलाल पाण्डे, चलचित्र निर्देशक तथा सम्पादक साहिल खान, मोडल तथा सञ्चारकर्मी रीता कट्टेल तथा नेपाल एयरहोस्टेस एकेडेमीका रेजिना तुलाधर निर्णायकको रुपमा थिए । कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । विजेता सबैले उपाधिका साथमा विभिन्न अवसर समेत हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?