+
+
Shares

प्राइम कमर्सियल बैंकको सहकार्यमा जिरीमा फोनपेको डिजिटल साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १७:१८

काठमाडौं । फोनपेले प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

सुरक्षित एवम् सहज तरिकाबाट रकम स्थानान्तरण गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवम् अन्य सुरक्षाको उपायहरु अवलम्बन गर्न जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा साक्षरता कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा फोनपेका चिफ बिजिनेस अफिसर सुमित दासले फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर, अन्तर–बैंक कारोबार मार्फत् तुरुन्तै रकम पठाउन सकिने बताए ।

प्राइम कमर्सियल बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठले प्राइम कमर्सियल बैंकको मोबाइल बैंकिङ एपमा भएको क्यूआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाहरुको प्रयोग गरेर रकम स्थानान्तरण तथा विभिन्न सेवा तथा वस्तु प्रदायकहरुमा भुक्तानी गर्न सकिने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?