+
+

दक्षिण कोरियामा पनि ‘नीरफूल’ प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १७:२३

काठमाडौं । नेपाली फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ । फूलमान बल निर्देशित फिल्मलाई दक्षिण कोरियाका विभिन्न सहरमा प्रदर्शन गर्नेगरी धनजीत वाइबाको समूहले प्रदर्शन अधिकार किनेको हो ।

भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्यले पुनर्मिलनको लागि गरेको प्रयत्नमा आधारित फिल्मलाई अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको निर्देशक बलले बताए । ‘फ्यामिली मिसिङ’को कथासँगै राज्यप्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको फिल्म अहिले नेपालमा दोस्रो सातामा चलिरहेको छ ।

गणेश हिमालमुनिको रुबीभ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिग्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?