+
+
Shares

केन्द्रीय कारागारमा मिटरब्याज र असुली धन्दा चलाएको भन्दै गृहमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १९:२७

३ असार, काठमाडौं। सुन्धारास्थित केन्द्रीय कारागार विकृतिको अखडा बनेको भन्दै अनुसन्धानको मागसहित गृह मन्त्रालयमा उजुरी परेको छ ।

कारागारभित्रका केही कैदीबन्दीहरुले मिटरब्याजको धन्दा चलाउनेदेखि जेल सरुवा गरिदिने धम्की दिएर रकम  असुली गरेको दाबीसहित मन्त्रालयमा उजुरी परेको हो।

मन्त्रालय स्रोतबाट अनलाइनखबरलाई प्राप्त उजुरीको प्रतिलिपीमा कारागारभित्र लागूऔषध, चुरोट र मदिरा खुलेआम प्रयोग र बिक्री वितरण भइरहेको समेत उल्लेख छ ।

कारागारको जेलर भवनमा आउने मानिसहरुको चेकजाँच हुने र त्यहाँसम्म मूल नाइके, चौकीदार, हेडमास्टरलगायतका कैदीबन्दी बिना अवरोध आउन पाउने भएकाले त्यसको फाइदा उठाएर कारागारमा लागूऔषध र मदिरा भित्रिने गरेको उजुरीमा उल्लेख छ ।

‘कैदीबन्दीलाई भेटघाट गर्ने बहाना बनाएर बाहिरबाट आएको व्यक्ति र चौकीदार, मूल नाइके, हेडमास्टर लगायतले कारागारभित्र लागूऔषध, चुरोट र मदिरा भित्र्याउँछन् र १०औं गुणा महंगोमा बिक्री वितरण गर्छन्’, उजुरीमा भनिएको छ, ‘कारागारभित्रको तरकारी तथा खाद्यान्न पसलले पनि चर्को मूल्यमा सामान बिक्री गर्ने गरेका छन् ।’

उजुरीमा कैदीबन्दीले आफन्त र अरुबाट पाउने रकमको ५० प्रतिशत कमिसनको रुपमा लिने गरेको दाबी पनि गरिएको छ । ‘कैदीबन्दीका आफन्तले कैदीलाई पैसा दिन चाहे मूल नाइकेको हातमा दिनुपर्छ’, उजुरीमा भनिएको छ, ‘उक्त रकम स्टाफ बसेको कैदीमार्फत पाएपछि मूल नाइकेले कमिसनको नाममा ५० प्रशित उठाउने गर्छन् ।’

कारागारभित्र कैदीबन्दीलाई पैसा उधारो लिन उकासेर त्यस्तो पैसाको १०० बराबर मासिक ५ रुपैयाँका दरले मिटरब्याज उठाउने गरिएको पनि भनिएको छ ।

चौकीदार, हस्पिटल नाइके, हेडमास्टर लगायतले जेलबाट सरुवा रोकिदिने भनेर १ लाखदेखि २ लाख रुपैयाँसम्म उठाउने गरेको उजुरीमा उल्लेख छ । तर, कारागारका जेलर ललित बस्नेतले जेलको आन्तरिक प्रशासन फेरिने बेला चलखेल गर्ने उद्देश्यले अफवाह फैलाउने कोशिस भएको दाबी गरे ।

‘मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा उजुरी परेपछि हिजो मात्रै भित्र गएर चेकजाँच गरेका थियौं’, बस्नेतले अनलाइनखबरसँग भने, ‘तर, त्यस्तो अवैध कुराहरु केही देखिएन, यद्यपि छानबिन गरेर प्रतिवेदन बुझाउँछौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?