+
+

दिसाजन्य फोहोर खोलामा फाल्ने २ कन्टेनरलाई ललितपुरले तिरायो एक लाख

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १२:१७
दिसाजन्य फोहोर खोलामा फाल्न बनाइएको ठाउँ ।

४ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले दिसाजन्य फोहोर खोलामा फ्याँक्ने दुई कन्टेनरलाई ५०-५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

उपत्यकाका विभिन्न ठाउँको सेप्टिक ट्यांकी सफा गरी जम्मा गरेको दिसाजन्य फोहोर महानगरको च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेरलाई एक लाख जरिवाना गरेको महानगरले जनाएको हो ।

बा.३ ख. २८० र बा.३ ख.९४०३ नम्बरको कन्टेनरलाई अनुगमनका क्रममा महानगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई सफा र सुन्दर बनाउने अभियानलाई असहयोग गरेकाले कारबाही गरेको बताए । उनले भने, ‘दिसाजन्य फोहोर जथाभावी फँयाकेर महानगरबासीको स्वास्थ्यमा खेलबाड भएको छ, यसप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

महानगरको फोहोर व्यवस्थापन ऐन २०७५ अनुसार जरिवाना तिराइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

२४ जेठमा महानगरको नगर प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । महानगरले यो विषय गम्भीर भएको बताउँदै बागमती सभ्यता आयोजना र जिल्ला प्रहरी परिसरलाई पनि ती कन्टेनरलाई कारबाही गर्न पत्राचार गरेको छ ।

दुर्गेश तामाङले खोलामा फोहोर फालेर पैसा उठाउँदै आएको जानकारी पाएपछि नगर प्रहरीको टोलीले अनुगमनका लागि त्यहाँ पुगेको नगर प्रहरी प्रमुख सिताराम हाछेथूले बताए ।

फोहोर फाल्न तामाङले खोलाको नजिकै बाँस पाइने ठाउँ भनेर बोर्ड राखी त्यसको भित्रपट्टी ढल पाइप हुँदै फोहोर खोलामा मिसाउँदै आएका थिए । प्रति कन्टेनर पाँच सय रुपैयाँ लिएर तामाङले खोलामा सेफ्टी ट्यांकीका फोहोर फाल्न दिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?