+
+

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गए प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १४:१०

४ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने सिलसिलामा संखुवासभाको तुम्लिङटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले जिल्लाका जनप्रतिनिधिहरुसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका हुन् ।

साथै अवलोकन गर्नेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका पूर्वाधारमन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री सीता गुरूङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङ पनि छन्।

प्रधानमन्त्रीले संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै प्रधानमन्त्री प्रचण्डले तत्कालै पुल भत्किएको ठाउँमा बेलिब्रिज जोडेर सडक सञ्जालमा जोड्न, घरबार विहीनलाई आवासको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?