+
+

खराब मौसमका कारण प्रधानमन्त्री प्रचण्डसहितको टोली पाँचथर अवतरण गर्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १४:३४

४ असार, काठमाडौं । बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली प्रतिकूल मौसमको कारण पाँचथरमा अवतरण हुन नसकेपछि विराटनगर प्रस्थान गरेको छ ।

आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाको तुम्लिङटार गएको टोली त्यहाँबाट पाँचथर प्रस्थान गरेको थियो । तर प्रतिकूल मौसमका कारण पाँचथरमा हेलिकप्टर ल्याण्ड गर्न नसकेपछि विराटनगरतर्फ गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सिता गुरुङ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?