+
+

डा. सन्दुक रुइतले पाएको इसा अवार्डको पुरस्कारमा लाग्ने कर छुट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १५:०८

४ असार, काठमाडौं । सरकारले डा. सन्दुक रुइतले बहराइन सरकारबाट पाएको इसा अवार्डसँगै प्राप्त भएको पुरस्कार रकममा कर छुट दिएको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । डा. रुइतले इसा अवार्ड ट्रष्टबाट १० लाख अमेरिकी डलर राशीको पुरस्कार पाएका थिए ।

यो रकममा लाग्ने कर छुट दिने निर्णय नेपाल सरकारको ११ फागुनको बैठकले गरेको सूचनामा उल्लेख छ । सामान्यतया पुरस्कार राशीमा २५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?