+
+

सावधान ! ६० हजारभन्दा धेरै एन्ड्रोइड एपमा भेटियो मालवेयर

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते ८:२२

काठमाडौं । अनलाइन ठगी तथा ह्याकिङका घटनाहरु बढिरहँदा पछिल्लो समयमा एउटा खबर सार्वजनिक भएको छ । साइबर सुरक्षाको विषयमा काम गर्ने एक अनुसन्धान संस्थाले ६० हजारभन्दा धेरै संदिग्ध एन्ड्रोइड एपहरु पत्ता लगाएको छ ।

रोमानियाको रिसर्च एण्ड सेक्योरिटी कम्पनी Bitdefender  ले हालै एक अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेको छ । जस अनुसार ती हजारौँ एन्ड्रोइड एपहरुमा मालवेयर रहेको र त्यसले कसैलाई पत्तो नै नदिइकन प्रयोगकर्ताका डिभाइसमा छिरेर गलत फाइदा उठाउने गरेको पाइएको छ ।

सो संस्थाका अनुसार ६० हजारभन्दा धेरै ती एन्ड्रोइड एपमा विज्ञापनको स्वरुपमा रहेको Adware देखिएको छ । एडवेयर एउटा यस्तो प्रविधि हो जसले पपअपका रुपमा विभिन्न विज्ञापनहरु देखाउँदछ । यसले कम्प्युटर र मोबाइल दुवैमा काम गर्दछ । यस्तो एडवेयरले प्रयोगकर्ताका डिभाइसबाट डाटामा पनि नोक्सानी पुर्याउने गर्दछ ।

यस्तो खालका एडवेयरको उद्देश्य भनेको एन्ड्रोइड मोबाइल प्रयोगकर्ताको फोनमा वेबसाइटहरु चलाउँदा विज्ञापन देखाइदिनु र त्यसबाट पैसा कमाउनु हो । एडवेयरका कारण मोबाइलको ब्याट्री पनि छिटै सकिन्छ भने मोबाइल फोन पनि धेरै तात्दछ ।

यी संदिग्ध एपहरुले फोनमा इन्स्टल भएर प्रयोगकर्ताका बैंकिङ लगइन विवरण तथा पासवर्ड आदि चोरी गरेर ह्याकरलाई पठाउने गर्न सक्दछन् । यसबाट प्रयोगकर्ताको बैंक अकाउन्टको पैसा रित्तिने जोखिम पनि हुन्छ ।

खुसीको कुरा के भने यस्ता एपहरु अहिले प्ले स्टोरमा उपलब्ध छैनन् । यी थर्डपार्टी एपहरु हुन् जो अज्ञात स्रोतबाट डाउनलोडका लागि उपलब्ध हुन्छन् । ती एपलाई वेबसाइटहरुबाट इन्स्टल गर्न सकिन्छ ।

रिपोर्ट अनुसार सर्च इन्जिनमा खोज्दा यी एपहरु देखिन्छन् । उदाहरणका रुपमा यीमध्ये कुनै एपलाई ब्राउजरमा सर्च गर्यो भने त्यो एपको नाम भेटिन्छ र त्यसलाई डाउनलोड गर्न पनि सकिन्छ ।

Game cracks, Games with unlocked features, Free VPN, Fake videos, Netflix, YouTube/TikTok without ads, Fake tutorials, weather  लगायतका cracked utility programs  आदि स्वरुप र नाममा यस्ता संदिग्ध एपहरु उपलब्ध रहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?