+
+

टाटा मोटर्सका विद्युतीय गाडी खरिद गर्न ३ दिनमै फाइनान्सिङ सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १४:५५

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो विद्युतीय गाडी खरिद गर्न इच्छुक ग्राहकका लागि फाइनान्सिङ सुविधा ल्याएको छ ।

छिट्टो, सरल र सहज रूपमा विद्युतीय गाडी खरिद गर्न सक्ने गरी फाइनान्सिङ्‍को सुविधा ल्याएको कम्पनीले जनाएको छ । यो सुविधा नेपालभरिका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरसीपबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

विगत २ वर्षदेखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभी र टिगोर ईभीको ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ अब ३ दिन भित्रै विभिन्न ‘क’ वर्गका बैंकमार्फत १०.०५ प्रतिशतको न्यूनतम ब्याजदरमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

टाटा मोटर्सका ईभी गाडीहरुको छिट्टो तथा सरल गाडी फाइनान्सिङ्‍को सुविधाका लागि एभरेष्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंकका सञ्जालबाट उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?