+
+

टाटा ‘न्यु ह्विल्स, न्यु डिल्स’ को हरेक बुकिङमा आकर्षक उपहार

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १३:१२

काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले २६ पुसदेखि २८ पुससम्म  ‘न्यु ह्विल्स, न्यु डिल्स’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस अवधिमा टाटाको टियागो ईभी र पन्च ईभीको हरेक बुकिङमा आकर्षक डिल्सको साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीसँग आकर्षक डिल्समा टियागो ईभी र पन्च ईभी साट्न सकिने छ ।

आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहरुले सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् ।

‘न्यु ह्विल्स, न्यु डिल्स’ टाटा मोटर्सको देशभरिका शोरुमहरूमा आयोजना हुन कम्पनीले जनाएको छ ।

सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?