+
+

अनेरास्ववियुले बुझायो लोकसेवा आयोगलाई ४ बुँदे लिखित माग

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १७:५९

५ असार, काठमाडौं। अनेरास्ववियु केन्द्रिय समितिले मंगलबार लोक सेवा आयोगलाई चार बुँदै लिखित माग बुझाएको छ। अनेरास्ववियुले लोक सेवा आयोग संवैधानिक अंगको भएकोले आयोगको प्रथम दायित्व प्रत्येक नागरिकलाई आर्थिक रुपमा भार नपर्ने गरी सामेल गराउनुपर्ने माग गरेको छ।

त्यस्तैगरी लोक सेवा आयोगले लिने परीक्षाको पाठ्यक्रम तथा परीक्षण विधीबारे युवाहरुको पहुँचमा पुर्‍याउनुपर्ने, लोक सेवा परीक्षाको तयारी गराउने उद्देश्य राखेर खोलिएका निजी इन्स्टिच्युटहरुलाई नियमन गर्नुपर्ने र केही समय अगाडी लोकसेवा आयोगमा दरखास्त दिएका चार लाख आवेदकको डाटा हराएको भन्ने आएकोले आवश्यक सतर्कता अपनाउन माग गरेको छ।

लोक सेवा आयोगले फारम दस्तुर १ हजार ५ सयसम्म राखिएको भन्दै यो प्रावधानले गरिब, बेरोजगार युवाहरुलाई लोक सेवा परीक्षाको फारम भर्न निरुत्साहित गरेको उल्लेख गरेको छ। त्यसैले अनेरास्ववियू लोक सेवा आयोगलाई सरकारसंग आवश्यक बजेट माग गरेर परीक्षा दस्तुरको सम्बन्धमा निशुल्क हुने निर्धारण गर्न आयोग समक्ष माग गरेको जनाएको छ।

आम युवालाई पनि आफ्नो विषयगत ज्ञानका आधारमा लोक सेवा आयोगको परीक्षामा समावेश हुन प्रेरणा मिल्ने गरी परीक्षा प्रणाली र विधीमा अन्तराष्ट्रिय प्रचलन अनुसार वैज्ञानिक ढंगले परिमार्जन गर्नुपर्ने अनेरास्ववियुले माग गरेको छ।

त्यस्तैगरी लोक सेवा परीक्षाको तयारी गराउने उद्देश्य राखेर खोलिएका निजी ईन्स्टीच्युटहरुलाई नियमन गर्नुपर्ने औल्याएको छ।  सरकारकै उच्च आहोदामा रहेका व्यक्तिहरुलनै  निजी इन्स्टीच्युटहरुलाई प्रोत्साहान गर्ने, स्रोत व्यक्तिको रुपमा अध्यापन गराउने गरेको भन्दै यस्ता गतिविधीहरु रोक्न लोकसेवा आयोगले उपयुक्त कदम चाल्न माग गरेको छ।

केही समय अगाडी लोकसेवा आयोगमा दरखास्त दिएका चार लाख आवेदकको डाटा हराएको प्रकरणप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता गतिविधिले भविष्यमा लोक सेवा आयोगको निष्पक्षतामा समेत प्रभाव पार्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माग गरेको अनेरास्ववियुले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?