+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हामीलाई थाहै नदिई समाजवादी मोर्चा घोषणा गरियो : गंगा श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १८:३६

५ असार, काठमाडौं। नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफूहरुलाई थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन् ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले यति छिटै मोर्चा घोषणा हुँदैछ भनेर आफ्नो पार्टीलाई जानकारी नै नगराएको बताए।

सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ । समाजवादी मोर्चाका लागि सुरुवातमा छलफलमा रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने उक्त मोर्चामा सहभागी छैन।

मोर्चा निर्माणको लागि विगतमा नेपाल समाजवादी पार्टीसँग पनि छलफल भएको र अन्तिम समयमा भने खबर नगरिएको बताए । केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईका बीचमा कुराकानी हुँदा जे गरिन्छ सल्लाहमा नै गरिन्छ भन्ने समझदारी भएको तर दुई दिनपछि नै मोर्चा घोषणा भएको श्रेष्ठले बताए।

‘जे गरिन्छ हामी सल्लाहबाटै गरिन्छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो । त्यसकारणले यो शंका, आशंका, बजारहल्लाको पछाडि लाग्नु हुँदैन है भनेर व्यक्तिगत रुपमा म सँग पनि (डा. बाबुराम भट्टराईले) भन्नुभएको हो। बाहिर पनि उहाँले त्यही ढंगको सन्देश दिनुभयो। फेरि एकाएक दुई दिन पनि नबित्दाखेरी नै जुन मोर्चा घोषणा भइराखेको छ, म आफैँलाई पनि अलिकति आश्चर्य त लागेको छ’ उनले भने।

आमसञ्चार माध्यमहरुमा सार्वजनिक भएजस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका कारण नेपाल समाजवादी पार्टीलाई मोर्चामा सामेल नगरेको भए यो मोर्चाले सार्थकता नपाउने श्रेष्ठले बताए ।

‘उपेन्द्रजीले नै बाबुरामजीलाई ल्याउन हुँदैन । या जनता समाजवादी पार्टीले नेपाल समाजवादी पार्टीलाई यो मोर्चामा ल्याउनु हुँदैन भनेको रहेछ भने, र नल्याइएको हो रहेछ भने त्यो त कसरी समाजवादी मोर्चा हुन्छ ?’ उनले प्रश्न गरे, ‘त्यति साँघुरो सोचाइबाट एउटा बृहत्तर, उदात्त ढंगको समाजवाद कसरी निर्माण हुन्छ ? यो प्रश्न त उठ्छ ।’

सत्ता समीकरणका लागि अंक गणितीय दाउपेचमा मोर्चा बनेको हो भने मोर्चाबारे सोच्नुपर्ने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?