+
+
Shares

बेलकाको ८ क्षेत्रमा कोशीको कटान तीव्र

श्रीलंका टापुमा बाढी पस्ने जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते २०:४४

५ असार, विराटनगर। कोशी नदीले उदयपुरको बेलका नगरपालिका ८ क्षेत्रमा कटान तीव्र बनाएको छ । कोशीले कटान गरेको क्षेत्र गत वर्ष बस्ती पसेको भन्दा थोरै माथि छ ।

बेलका नगरपालिका प्रमुख अशोक कार्कीले कोशी नदीले करिब ५० मिटर क्षेत्र कटान गरेको छ। कटान श्रीलंका टापुमा बाढी पस्ने जोखिम बढेको उनले बताए ।

‘गत वर्ष कटान गरेको क्षेत्र भन्दा करिब एक किलोमिटर माथीबाट कटान सुरु गरेको छ,,’ उनले भने,‘ कटान रोक्नका लागि राति पनि काम गरिरहेका छौं।’

बाढी बस्तीमा पस्ने तत्काल जोखिम नभएपनि पानी बढेको खण्डमा जोखिम बढ्ने उनले बताए। ‘ अहिले त पानीको बहाव सामान्य छ, मनसुन सुरु हुँदा नै कटान गरेका कारण जोखिम छ,’ उनले भने, ‘हिजो र आज ५० मिटर जति कटान गरेको छ।’

कोशीले कटान सुरु गरेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका एक र वेलका नगरपालिका दुई वटा वडामा बाढी पस्ने जोखिम छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?